राष्ट्रिय समाचार

उपसभामुख भुसालले लिइन् सपथ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले सपथ लिएकी छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको सपथ गराए ।

बिज्ञापन

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित थिए ।

गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सांसद भुसालले शुक्रबारको निर्वाचनमा एमालेकी विद्या भट्टराईलाई पराजित गरेर उपसभामुख बनेकी हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।