विदेश भ्रमणमा जानेलाई डलर सटहीमा कडाइ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको छ । जसअनुसार विदेश घुम्न जाने नेपाली नागरिकले अब २०० डलरमात्र सटही सुविधा पाउने भएका छन् ।
विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैंकले सटही सुविधा खुम्च्याएको छ । यसअघि एक राहदानीवापत १५ सय डलरसम्म सटही सुविधा थियो ।
बिज्ञापन

राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै मनिचेन्जरले विदेश भ्रमणमा जाने नेपालीलाई एक राहदानीवापत अधिकतम २०० अमेरिकी डलरसम्म सटही सुविधा दिनसक्ने जनाएको छ ।
चालु आर्थिक वर्षमा मात्र विदेश भ्रमणका लागि नेपालीले झण्डै पौने एक खर्ब खर्च गरिसकेका छन् ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
