बाजुरामा बाढीले चार घर बगायो, २३ जनाको उद्धार

बाजुरा । बाजुरामा मंगरबार राति परेको अविरल वर्षाका कारण बाढी आएपछि चारवटा घर बगाएको छ। जिल्लाको बुढीगंगा नदीमा आएको बाढीले घर बगाएको हो।
बडिमालिका नगरपालिका २ भौनेरामा घर बगाउँदा चार परिवार नै विस्थापित भएका छन्। स्थानीय चन्द्रराज पण्डित र लक्ष्मी पण्डित को घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको प्रहरीले जनाएको छ। यस्तै नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धार र विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सार्न खटिएको छ।
चार परिवारका २३ जना परिवारको उद्धार गरिएको प्रहरीले जनाएको छ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
