घटना

दिदीको घर गइरहेकी किशोरीलाई मध्यरातमा सामूहिक बलात्कार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–५ स्थित दिदीको घर गइरहेकी बाँकेकी एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–८ का ३० वर्षीय राजेश मंगता र २० वर्षीय रोहन खटिक रहेका छन् । पीडित भनिएकी किशोरीको घर बैजनाथ–२ मा पर्छ ।

बिज्ञापन

मंगता र खटिकले वुधबार मध्य रातमा बर्दियाको बढैयाताल–५ फुलबारीस्थित सडक किनारमा १६ वर्षीया ती किशोरीलाई बलात्कार गरेको आरोप छ । बिहीबार बिहान किशोरीले जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बर्दिया प्रहरी प्रवक्ता सुर्य सुवेदीका अनुसार पीडितले आरोपी दुवै जनाको नाम भन्न सक्ने अवस्था पनि थिएन । राति अबेर भएपछि दिदीको घरसम्म पुर्‍याइदिन्छु भन्दै उनीहरुले लैजाने क्रममा बाटोमा बलात्कार गरेको पीडितको दावी छ ।

घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।