काठमाडौं उपत्यकामा चल्ने गाडीको भाडा बढ्यो
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । वागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।
वागमती प्रदेश सरकारको राजपत्रमा जारी सूचनामा बढेको भाडा बिहीबारदेखि नै लागू हुनेछ ।
बिज्ञापन

प्रदेश सरकारले काठमाडौंमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गरेको हो । नयाँ भाडा दरअनुसार अब ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ । सरकारले वागमती प्रदेश भित्रै चल्ने सवारी साधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
