भारततर्फ लैजाँदै गरेको १५० किलो गाँजासहित दुईजना पक्राउ

जनकपुरधाम । बाराको महागढीमाई नगरपालिका ५ बाट सशस्त्र प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
बा ५ ख ८०७५ नम्बरको ट्रकमा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा शुक्रवार राति सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा १५० किलो गाँजा बरामद भएको थियो ।

गाँजा ट्रकमा भेटिएपछि त्यसमा सवार दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका ६ का २९ वर्षीय राजकुमार रुम्बा र भारतीय नागरिक मोतीहारी जिल्ला थाना संग्रामपुर ११ बस्ने श्यामलाल महतो रहेका छन् ।
बरामद गाँजा कहाँबाट ल्याएको कुरा खुल्न नसकेको र अनुसन्धान गरिरहेका डिआइजी मगरले बताएका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
