अनौठो

स्नातकोत्तर पढ्ने छोराका बाबु भागीरामले ३०औं पटकमा पास गरे एसईई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कैलालीका एक व्यक्तिले ३० औं पटकमा एसईई उत्तीर्ण गरेका छन् । जिल्लाको कैलारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागीराम चौधरी यस वर्ष ३० औं पटकमा एसईई पास गरेका हुन् । उनी सोही विद्यालयका कार्यालय सहयोगीसमेत हुन् ।

उनले २.०० जीपीए ल्याएर एसईई पास गरेको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिए ।

बिज्ञापन

कैलारी गाउँपालिका- ६ बनकट्टाका चौधरीले २०४८ सालमा पहिलो पटक दीपेन्द्र मावि हसुलियाबाट एसएलसी दिएका थिए ।

अघिल्लो दुई वर्ष कोरोना महामारीका बेला भने उनले एसईईका लागि फर्म भरेनन् । ‘यो वर्ष पनि परीक्षा दिने खासै मन थिएन, स्वास्थ्यले पनि साथ दिएको थिएन’, उनले भने, ‘तर, पछि मनलाग्यो । दिएँ, पास भएँ ।’

अब जनता माविमै कक्षा ११ र १२ पढ्ने चौधरीले बताए ।
३ सन्तानका पिता उनका जेठा छोरा स्नातकोत्तर अध्ययनरत छन् । अर्को छोरा र छोरी स्नातकमा अध्ययनरत छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।