स्वास्थ तथा सरसफाइ

प्रदीप गिरिका लागि स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

४ भदौ, काठमाडौं । ललितपुरको नख्खुमा उपचाररत सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ । गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न समेत अपिल गरेकी हुन् ।

भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले जानकारी दिएकी छन् । अहिले निमोनिया बढेको भन्दै वत्तव्यमा भनिएको छ, ‘यसले धेरै अंगहरु फेल भइरहेका छन् ।’

बिज्ञापन

यद्यपि अहिले पनि डाक्टरहरुको टिम उपचारमा जुटिरहेको भन्दै उनले धन्यवाद दिएकी छन् र गिरिको स्वास्थ्यलाभको कामना गर्न समर्थनहरुलाई आग्रह गरेकी छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।