घटना समाचार

लम्कीमा ट्रकको ठक्करबाट २८ वर्षीय युवकको मृत्यु
लम्कीचुहा र टीकापुर नगरपालिका क्षेत्रमा सवारी दुर्घटनामा बृद्धि

बिज्ञापन

लम्की । लम्कीमा ट्रकको ठक्करबाट २८ वर्षीय युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज सोमबार बिहान सात बजे लु–१–ख ८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप–०१००९–प ३९२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकलमा सवार २८ वर्षीय टेकबहादुर रावल घाइते भएका थिए ।
घाइतेको लम्कीमा उपचार हुन नसकेपछि कोहलपुर रिफर गरिएको थियो र उनको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । यस्तै ट्रक र चालक ३१ वर्षीय बुद्दीराम सुनार अहिले प्रहरी नियन्त्रणमा रहेका छनु ।
प्रायः प्रत्येक महिनामा लम्कीचुहा र टीकापुर नगरपालिको क्षेत्रमा दुर्घटनाका घट्नाहरु दिनप्रति दिन बृद्धि भइरहेका छन् । तीन दिन पहिले टीकापुर नगरपालिका अस्नेरी बस्ने १७ वर्षिय मञ्जील कार्कीको मोटरसाइकल एकापसमा ठोकिदा उनको घटना स्थलमै मृत्यु भएको थियो । यदि सम्बन्धित निकायले समयमा जिम्मेवारीका साथ दुर्घटनाका कारणहरु पहिल्याएर त्यसमाथि काम नगर्ने होभने यसले अरु ठुलो विकराल रुप नलेला भन्न सकिदैन ।

बिज्ञापन
बिज्ञापन