घटना समाचार

अछाममा बस दुर्घटना हुदा १को मृत्यु १७ जना घाइते

बिज्ञापन

मङ्सिर १५ अछाम
अछाममा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।
सुदुर पश्चिम समिति को ना ४ ख ९९७२ नम्बरको जिल्ला सदरमुकाम मंगलसेन देखी धनगढी जादै गरेको अवस्थामा मार्कु डाडा मा दुर्घटना हुदा १जना पुरुषको मृत्यु भएको छ भने चालक सहित १८ जना घाइते यात्रुमा दुइ जनाको अवस्था अझै गम्भीर रहेको बयालपाटा अस्पतालले जनाएको छ घाइते १७जनाको उपचार पनि बयालपाटा अस्पतालमा भैरहेको छ।

बिज्ञापन

दुर्घटनामा गम्भीर घाइते भएका साँफेबगर नगरपालिका वडा नं. ३ का १९ बर्षिय निरज कुवँरकोलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार आज बिहान ८ बजे चौरपाटी गाउँपालिका वडा ७को मार्कु क्षेत्रमा सडकको मोड काट्ने क्रममा गति तिब्र रहेकोले लिन्क छुट्नुका कारण बस अनियंत्रित हुदा दुर्घटना भएको र सडक देखी ५० मिटर तल खसेको हो।

घाईते मध्ये अन्य २ जनाको अवस्था गम्भिर रहेको उपचार भईरहेको बयालबाटा अस्पतालले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला स्थित बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।
घाइते हरुको नामावली यश प्रकार छ। जिल्लाको चौरपाटी गाउँपालिका वडा नं ५ कि ६५ वर्षिया पार्वती भण्डारी, ४० वर्षका प्रमानन्द भण्डारी, २३ वर्षिय मनदेवी भण्डारी, मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडाकी ३१ बर्षिय यज्ञश्वरी उपाध्याय, ९ वर्षका डण्ड प्रसाद उपाध्याय, भिमदत्त नगरपालिका कञ्चनपुर १८ कि २५ वर्षिया सोनिया चन्द, बान्निगढी जयगढ गाउँपालिका वडा नं ५ कालिकाका २४ बर्षका नरेश रावल रहेका छन् ।

यस्तै साँफेबगर नगरपालिका वडा नं ३ का १७ बर्षका सन्तोष भण्डारी, वडा नं ६ भाग्यश्वरका ६० बर्षकाका कृष्ण राज पण्डित र उनकी श्रीमती ५१ बर्षिय बसुन्धुरा पण्डित, भाग्यश्वरकै २७ बर्षका अजय रावल, साफेबगर नगरपालिका वडा नं १३ बाब्लाका ३० बर्षका कृति सिह कुँवर, साफेबगर नगरपालिका वडा नं १० घुघुरकोटकी २३ बर्षिय लक्ष्मी बोगटी, साफेबगर नगरपालिका वडा नं ४ का ४१ बर्षका टंक भण्डारी रहेका छन् ।

बसमा ३७ जना यात्रु सवार रहेका र अन्य सबैको प्राथमिक उपचार पछि घर फर्केका छ्न।

बिज्ञापन

Leave a Reply