June 7, 2023

मालिका समाचार

देशकाे ऐना

कैलालीमा हाइस दुर्घटना हुँदा १४ जना घाइते

धनगढी : डडेल्धुराबाट धनगढी आउँदै गरेको हाइस कैलाली केआईसिंह राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–४ बुढीतोला नजिक चौबिसे मोडमा बा २ ख ३२३३ नम्बरको हाइस दुर्घटना भएको प्रहरीले बताएको छ । यस दुर्घटनामा १४ जना घाइते भएका छन् ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

चालक अमरगढी नगरपालिका–२ का २६ वर्षीय सन्तोष ऐर, सहचालक गोदावरी नगरपालिका–८ का १७ वर्षीय राजेश ताम्राकार, हाइसमा सवार डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ४० वर्षीय भक्तबहादुर कठायत, अमरगढी नगरपालिका–१० का ३८ वर्षीय पद्मा कामी, १८ वर्षीया निर्मला कामी र सोही ठाउँका ६० वर्षीय लालबहादुर कामी घाइते भएको प्रहरीले बताएको छ ।

त्यस्तै, कैलालीको चुरे गाउँपालिका–१ का ३० वर्षीय लोकेन्द्र बोहोरा, ४ का ३५ वर्षीय हिमाल आलेमगर, ४० वर्षीय किशोर खप्तडीमगर, ३५ वर्षीय प्रेमबहादुर तैरामीमगर, ३४ वर्षीय हेमबहादुर विक, अछामको साँफेबगर नगरपालिका १० का ५० वर्षीय डम्मरबहादुर बडायक र पुर्चौडी नगरपालिका २ का ५२ वर्षीय चक्रबहादुर बम घाइते भएका छन् । घाइते सबैको पद्मा अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

विज्ञापन