March 27, 2023

मालिका समाचार

देशकाे ऐना

जसपा अछाम सिङ्गो कमिटी नै नेकपा एकीकृत समाजवादीमा प्रवेश

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

अछाम। जनता समाजवादी पार्टीको जिल्ला कमिटी नेकपा (एकिकृत समाजवादी) पार्टीमा समाहित भएको छ ।

जनता समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य भानुभक्त तिमिल्सैनाको नेतृत्वमा २ सय ५१ जिल्ला कमिटी एकिकृत समाजवादीमा समाहित भएको छ ।

विज्ञापन

उक्त २ सय ५१ जिल्ला कमिटीलाई आज कमजवजारमा आयोजित कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य, सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले स्वागत गर्नुभएको छ ।

पार्टी समाहित कार्यक्रममा वोल्दै केन्द्रिय कमिटी सदस्य कुँवरले सम्पूर्ण वामपन्थी शक्तिलाई एकत्रीत गर्ने एकिकृत समाजवादी पार्टीको उद्देश्य रहेको बताउनुभएको छ । उहाँले सच्चा कम्युनिष्ट पार्टी ढिलो चाँडो समाजवादी पार्टीमा आउने विश्वास व्यक्त गर्नुभयो ।

तत्कालीन एमाले नेतृत्वले एकलौटी ढंगले पार्टी सञ्चालन र मनोमानी रूपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको केन्द्रिय सदस्य कुँवरको भनाई रहेको छ ।

केन्द्रिय सदस्य शंकर भण्डारीले समाजवादी पार्टी विचारबाट प्रभावित हुँदै वस्ति बस्तिमा समाजवादी पार्टीको जनलहर बढ्दै गएको बताउनुभएको छ । उहाँले एमाले पार्टी विचार, सिद्धान्त, कार्यक्रमबाट नभई बामालेबाट सञ्चालित भएकाले ओलिलाई सच्चा कम्युनिस्ट नेता कार्याकर्ताले साथ नदिने दावि गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा एकिकृत समाजवाटी पार्टीका जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र विष्ट, एकिकृत समाजवादीका नेता वालाराम ढकाल, तिर्थ ढकाल, युवा संघका जिल्ला अध्यक्ष एकेन्द्र कुँवर लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।