सहयोग तथा उदार

अछामको तिमिलसैनका २२ जना विध्यार्थिलाई शैक्षिक सामाग्री बितरण

बिज्ञापन

अछाम । बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले तिमिलसैनका अनाथ, असहाय तथा बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
निर्वाचनका क्रममा गरेको प्रतिबद्धता अनुसार आफूले पाएको सेवा सुविधाको रकमबाट तिमिलसैनका बिभिन्न विद्यालयमा अध्ययनरत अनाथ, असहाय तथा विपन्न विद्यार्थीहरुलाई करिब १ लाख लाखबराबरको शैक्षिक सामाग्री बितरण गरेका हुन् ।
बिहिबार बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिलसैनक ३ वटा विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीहरुलाई एक हजार नगद, विद्यालय पोशाक, झोला, कापी बितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले आफूले २०७४ सालको निर्वाचनको क्रममा अध्यक्ष भएपछि पाउने सेवा सुबिधाको रकम सबै सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता अनुसार अनाथ, असहाय र बिपन्न बालबालिकाहरुलाई शैक्षिक समाग्री उपलब्ध गराएको बताउनुभएको छ ।
बिध्यालय ब्यावस्थापन समितिका सदस्य भुपेन्द्र खत्रीको स्वागत मन्त्ब्य बाट सुरुभएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झनक प्रसाद रेग्मी रहनुभएको थियो ।

बिज्ञापन
बिज्ञापन