घटना समाचार

काठमाडौमा अछामका एक युवामाथि खुकुरी प्रहार

बिज्ञापन

काठमाडौ । काठमाडौंको बानेश्वरमा अछामका एक युवामाथि खुकुरी प्रहार भएको छ । बुधबार बिहानै बानेश्वर हाइटमा ३१ वर्षीय कमलसिंह बोगटीमाथि उनकै साथीले खुकुरी प्रहार गरेका हुन् ।

बिज्ञापन

खुकुरी प्रहारबाट बोगटीको ढाड, पेट र कुममा गहिरो चोट लागेको छ । सिभिल अस्पतालमा उपचारपछि उनी घर फर्केका छन् । प्रहरीले भने यो घटना गोप्य राखेको छ । खुकुरी प्रहारमा कपील भण्डारी संलग्न रहेको पीडितले बताएका छन् ।

अछामकै भण्डारी अहिले फरार छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले भण्डारीको खोजी गरिरहेको बताएको छ । घाइते बोगटी नेकपा एमालेको युवा संघका केन्द्रीय सदस्य हुन् ।

बोगटी र भण्डारी पहिले सँगै एउटै कोठामा बस्थे। खुकुरी प्रहार गर्नुको कारण खुलिनसकेको परिसरले जनाएको छ ।

बिज्ञापन