विज्ञापन

काठमाडौं । कलाकार पल्पसा डङ्गोल चम्सुरीको बुधबार मिर्गौला प्रत्यारोपण सफल गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको उनको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सकिएको कलाकार संघले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
पल्पसालाई भाइ अजु डङ्गोलले मिर्गौला दान दिएका हुन् । प्रत्यारोपणपछि अहिले पल्पसालाई चिकित्सकीय निगरानीमा राखिएको छ। चिकित्सकहरूको टोलीको करिब पाँच घण्टाको प्रयासबाट उनको मिर्गौला प्रत्यारोपण सफल भएको खबर गोरखापत्रमा छापिएको छ ।
विज्ञापन

अन्य समाचारहरु
नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा निरौला विजयी
सलमान खानलाई भेट्न साइकलमा ११ सय किमी यात्रा
रवीनाले सार्वजनिक गरिन् प्रेमीको तस्बिर