दाङ । दाङको लमहीबाट ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विज्ञापन

लमही नगरपालिका- ८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीले बालिकामाथी करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको छ ।
जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
विज्ञापन

अन्य समाचारहरु
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु
ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी