राष्ट्रिय समाचार

कार्तिक १८ देखि उम्मेदवारले र्‍याली र गोष्ठी गर्न पाउने

बिज्ञापन

काठमाडौं : निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरूले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचार पसार गर्न पाउने बताउनुभएको छ।

बिज्ञापन

आईतवार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सञ्चार माध्यमको भूमिका बिषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कार्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरूलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार लगायतका प्रचारबाजी गर्न नहुने बताए। उनले उम्मेदवारको प्रचारबाजीका लागि आयोगले निश्चित समय सीमा तोकेकाले समयसीमा भित्र रहेर उम्मेदवारले प्रचारप्रसार गर्न उचित हुने बताए।

आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आएपनि मौन अवधि भनेर ऐन, नियमको कुनैपनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताए। उनले सञ्चार जगत र निर्वाचन आयोग एउटै सिक्काका दुई वटा पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने बताए।

बिज्ञापन