विज्ञापन

सप्तरी । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म जनता समाजवादी पार्टीले अधिकारको राजनीतिक लडाइ लडी रहने बताएका छन् ।
विज्ञापन

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा सडकको शिलान्यास गर्ने क्रममा उनले जनता समाजवादी पार्टीले मधेसी, मुस्लिम तथा शोषित उत्पीडितको लागि लड्दै आईरहेको बताए । राज्य पक्षसँग राजनीतिक अधिकारको लडाइ अहिले पनि जारी रहेको बताउँदै विभेदमा परेको सम्पूर्ण नेपालीहरूका अधिकार प्राप्त नहुञ्जेलसम्म आफू लडाइबाट पछि नहट्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा भौतिक, योजना तथा यातायातमन्त्री रेणुकुमारी यादवले सप्तरीवासीले ४० वर्षसम्म नदेखेको विकास जसपाले गत चार वर्षमा गरेको दाबी गरिन् ।
विज्ञापन

अन्य समाचारहरु
कैलालीमा एमाले प्रवेश गर्नेको लर्को
प्रचण्ड ४दिने जापान भ्रमणमा
आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता