खेलकुद

फिफा विश्वकप : मेस्सीको गोलमा अर्जेन्टिनाको जित

बिज्ञापन

एजेन्सी । अर्जेन्टिनाले फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा मेक्सिकोलाई २–० गोलले पराजित गरेको छ ।

लुसेल रंगशालामा सम्पन्न खेलमा दोस्रो हाफमा कप्तान लिओनेल मेस्सी र एन्जो फर्नान्डेजले गरेको गोलमा अर्जेन्टिनाले जित हासिल गरेको हो ।

अर्जेन्टिनाले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो खेलको ६४औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

एन्जो फर्नान्डेजले ८७औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले २–० को नतिजामा जित सुनिश्चित गरेको थियो । पहिलो खेलमा साउदीअरबसँग २–१ गोलको नतिजामा पराजय बेहोरेको अर्जेन्टिनलाई अन्तिम १६ यात्रा जिवितै राख्न यो खेल जित्नैैपर्ने दवाव रहेको थियो ।

बिज्ञापन

समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई हराए अर्जेन्टिना अन्तिम १६ प्रवश गर्नेछ । पहिलो खेलमा पोल्यान्डसँग गालरहित बराबरी खेलको मेक्सिकोले अन्तिम खेलमा साउदी अरबको समाना गर्नेछ ।

बिज्ञापन
बिज्ञापन