23/09/2021

मालिका समाचार

देशको ऐना

1

अफगानिस्तानको सत्ता तालीबान को कब्जामा नेपाली कामदार अलपत्र

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ : अफगानिस्तानमा तालिबानको कब्जा संगै त्यहाँ विभिन्न क्षेत्रमा कार्यरत नेपाली हरु अलपत्र परेका छ्न।

२० बर्ष सम्म अमेरिकी सेना उपस्थित रहेको अफगानिस्तान बाट अमेरिकी सेना हटेको छोटो समयमै अफगानिस्तानमाथी तालिबानिले कब्जा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ।
दुई दशकको लडाइँ पछि तालिबानी समुहले आइतबार अफगानिस्तानको काबुलमा कब्जा गरेपछि अफगानिस्तानी राष्ट्रपति असरफ घानीले देश छोडेर भागेको बि बि सिले जनाएको छ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।
अफगानिस्तान बाट आफ्नो मुलुक फर्कदै अमेरिकी सेना

गृहमन्त्रीले अब्दुल सप्तारले सान्तिपुर्ण हिसाबले सत्ता हस्तान्तरण गर्ने तयारी भैरहेको बेला राष्ट्रपति घानीले देश छोडे पछि तालीबानी समुहले सिधै सत्ता कब्जा गरेपछि त्यहीँ स्थित विभिन्न क्षेत्रमा कार्यरत अलपत्र परेकोले नेपाली कामदार हरुलाइ सुरक्षीत स्वदेश ल्याउन माग भैरहेपनि सरकारले भने विभिन्न मन्त्रालय बिस्तार गर्ने नसकेकोले परराष्ट मामिला जस्ता महत्त्वपूर्ण कुरा र नेपाली हरुको ज्यान नै जोखिममा पर्ने जस्ता कुराहरूमा सरकारको अझै ध्यान नपुगेको अफगानिस्तानको एक प्राइभेट कम्पनीमा कार्यरत कामदारले अन्लाईन मार्फत जानकारी दिएका छ्न।
अमेरिकी कम्पनी गाडा वल्र्ड कम्पनीमा कार्यरत नेपाली ले केहि नेपाली हरुलाइ दुबई ,दोहा,तथा केहि होटल हरुमा राखेको बताएको छ।

अफगानिस्तानको काबुलमा प्रवेश गर्दैगरेको तालिबानी हरुको तस्वीर

अमेरिकी ,भारतीय लगायत बिश्वका विभिन्न मुलुकका नागरिक हरुलाइ तालिबानीको खतरा देखिए बाट उनीहरुको मुलुक फर्काउन सुरु गरिएको थियो भने नेपाल सरकार भने अझै आफ्नो मन्त्रालय बिस्तार गर्न नसकेको अवस्थामा रहेकोले अफगानिस्तानमा कार्यरत नेपाली कामदार हरुको अवस्था अन्योलमा रहेको एक जना प्रवासी नेपाली अगुवाले बताए

विज्ञापन