राष्ट्रिय समाचार

सुदूरपश्चिमको बझाङ, अछाम र डोटीमा जहाज सञ्चालनमा

बिज्ञापन

धनगढी । सुदूरपश्चिमको बझाङ, अछाम र डोटीमा जहाज सञ्चालन भएको छ । बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुलाई निकै सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएका थिए । अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।

उनका अनुसार यी तीन जिल्लामा हप्तामा दुई पटक सोमबार र शुक्रबार नियमित उडान सुरु भएको छ र बाजुरा जिल्लामा यात्रु सङ्ख्याका आधारमा उडान गर्ने गरेको छ । निगमले सुदूरपश्चिमका तीन जिल्लामा आफ्नो हवाइ उडान सुरु गरेपछि यात्रुलाई पनि सहज हुनुका साथै यात्रु स
संख्यामा वृद्धि भएको गेटा विमानस्थल कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा कालोपत्र गरिएका विमानस्थलमध्ये बैतडीको पाटन विमानस्थलमा भने निगमले अहिलेसम्म पनि आफ्नो हवाइ उडान सेवा सञ्चालन गर्न सकेको छैन । नेपाल वायुसेवाले उडान गर्न नसकेका कारण उक्त विमानस्थलमा निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी समिट एयरले उडान गर्ने गरेको बताइएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित जहाज सञ्चालनका लागि गृहकार्य सुरु भइरहेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनले भने, “हाललाई सुदूरपश्चिममा साप्ताहिकरुपमा जहाज सञ्चालनका लागि नेपालगञ्ज बस्ने गरी वायुसेवाको एउटा जहाज पठाइएको छ भने केही समयभित्र यात्रु सङ्ख्याका आधारमा नियमित उडान गर्ने गरी तयारी हुँदैछ।”

बिज्ञापन
बिज्ञापन