काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभर आफ्नो पार्टीको लहर चलेको जिकिर गरेका छन् । शनिबार धादिङमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“एकीकृत समाजवादी पार्टीको लहर चलिरहेको छ । हिमालदेखि पहाडसम्म आशा जगाएको छ । उमंग पैदान गरेको छ । आत्मविश्वास बढाएको छ । किन बढाएको छ भने, हाम्रो पार्टी सही बाटोमा अगाडि बढ्दै छ । सही नीति लिएर अगाडि बढ्दै छ,“ उनले भने । आफ्नो पार्टी इमानदार व्यक्तिहरूको पार्टी भएको उनले उल्लेख गरे । नयाँ पार्टी घोषणा गरेको ६ महिना मात्रै बित्दा पनि यसप्रति आकर्षण देखिएको उनको भनाइ छ ।
“यो पार्टी गफाडीहरूको पार्टी होइन । यो काम गर्ने योद्धाहरूको, इमानदार व्यक्तिहरूको पार्टी हो,“ उनले भने, “त्यसो हुनाले जनताले हामीलाई पत्याइरहेका छन् । एउटा असल कम्युनिस्टको रूपमा हामीलाई पत्याइरहेका छन् ।“

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी बाटोमा लागेको आरोप पनि उनले लगाए । अब एकीकृत समाजवादीको चुनाव चिह्न कलम चम्कन थालेको जिकिर उनले गरे ।
“ओलीले दक्षिणपन्थी बाटो समातेका छन् । त्यो एमालेमा त्यो क्रान्तिकारी ओज छैन । सूर्यमा अब तेज छैन । त्यसमा ग्रहण लागिसकेको छ,“ उनले भने, “अब चम्केको छ कलम । कलम चम्किएर गाउँगाउँमा पुगिरहेको छ । बस्तीबस्तीमा पुगिरहेको छ ।“
उनले सत्ता गठबन्धन तोड्न षड्यन्त्र भइरहेको दाबी पनि गरे । पुरानो पार्टीमा क्रान्तिकारी धार भुत्ते भएर गएको उनको भनाइ छ ।
अन्य समाचारहरु
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा
प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा पदीय मर्यादाको उल्लंघन गरे: भीम रावल