स्वास्थ तथा सरसफाइ

अक्सिजन सिलिण्डर ल्याउन चीनमा वाइडबडी पठाउने सरकारको तयार

बिज्ञापन

बैशाख २४काठमाडौ //राजनीति खिचातानी संगै सरकार फेरबदलमा दौड धूप गरिरहेका बेला सरकार ले भने जनताको स्वास्थलाई मध्यनजर गर्दै नंया भेरियन्टको कोरोना फैलिएकोले नागरिकलाई अक्सिजन अभाव हुने देखिएपछि सरकारको चीनले अनुदानमा दिएको २० हजार थान अक्सिजन सिलिण्डरमध्ये पहिलो खेपमा २ हजार सिलिण्डर नेपाल ल्याउने तयारी गरेको छ।

बिज्ञापन

उक्त कार्यका लागी नेपाल वायुसेवा निगमको वाइडबडी जहाज पठाउनेबारे छलफल प्रारम्भ भएको छ । जहाज पठाउने बारेमा अर्थ मन्त्रालयको माग अनुसार नेपाल एयरलाइन्सले ‘कोटेशन’ बुझाएको छ । जहाजको भाडाका बिषयमा सहमति नभइसकेको र छलफल जारी रहेको नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।

उक्त तयारी पूरा भैसकेपछि जहाजले बेइजिङबाट सिलिण्डर ल्याउने छ । यो भार क्षमताको भार सिलिण्डर बोक्न सक्ने जहाज नेपालमा नेपाल एयरलाइन्स बाहेक अरु उपलब्ध छैन । स्रोतकाअनुसार अर्थ र निगमबीच सहमति भय बैशाख २८”मा जहाज बेइजिङ जाने छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको कार्ययोजनाअनुसार २९ वैशाखसम्म चीनबाट अक्सिजन सिलिण्डर नेपाल ल्याइसक्ने योजना रहेको छ ।

बिज्ञापन

Leave a Reply