राजनीति

एमालेसँग एक्लै चुनाव लड्न सक्ने हिम्मत गठबन्धनका दलहरुमा छैन– ओली

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताएका छन् ।

आफ्नो पार्टी भरिन लागेको भन्दै ओलीले यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि भएको बताए । उनले भने – ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो’ उनले भने ।

उनले गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नरहेको पनि बताए । उनले अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूले एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै नसक्ने पनि बताए ।

उनले भने – ‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने रु त्यसैले अब बल्ल हैसियत मिलेको छ।’

बिज्ञापन
बिज्ञापन
बिज्ञापन