राजनीति

एमालेसँग चुनावमा प्रतिस्पर्धा गर्न सक्ने अरु पाटी छैन : नेता बोगटी

बिज्ञापन

अछाम । प्रमुख बोगटीले नेकपा एमाले सँग एक्लै चुनावि मैदानमा उत्रिने तागत कुनै पनि पाटी सँग नभएपछि गठबन्धनको अभियानमा लागेका बताउनु भयो ।
एमाले पहिलो शक्ति भएकाले अबको निर्वाचनमा समेत पहिलो हुने बताउनु भयो । अछाम क्षेत्र नम्बर २ का सासंद समेत रहनु बोगटीले स्थानीय तहको निर्वाचनमा पाटीलाई बलियो पाटीको रूपमा स्थापित गराउन कर्याकर्तालाई अहिले देखिनै चुनावी प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिनु भयो । नेकपा एमाले मँगलसेन नगरपालिका वडा नम्बर ६ को वडा भेला सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षता भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटी प्रमुख अतिथि रहनु भएको थियो ।

बिज्ञापन

यस्तै भेलाको विशिष्ट अतिथीमा सुदूरपश्चिम कमिटी सदस्य तथा मँगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले नेकपा एमालेको सरकार रहदा देशमा आमुल परिवर्तन भएको बताउनु भयो । जनताका समस्या समाधानका लागि आफू प्रतबद्ध भएर लागिपरेको बताउनु भयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद भण्डारी, पुर्ब जिल्ला कमिटी सदस्य प्रभुनाथ भण्डारी, नगर कमिटी सदस्य भावना केसी, हस्ता भण्डारी, अनेरास्ववियु जिल्ला सदस्य बालकृण भण्डारी प्रेष चौतारी अछामका जिल्ला सदस्य निराजन भण्डारी, नेपाल निजामती कर्मचारी सँगठनका जिल्ला सदस्य मिना भण्डारी, शिक्षक सँगठन मँगलसेन नगर कमिटी सदस्य कुलानन्द भण्डारी लगाएतका अतिथि रहनु भएको थियो ।

वडा सदस्य नरपति भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको भेलाको सञ्चालन नगर कमिटी सदस्य बेदराज भण्डारी र वडा कमिटी सचिव देवेन्द्र प्रसाद भण्डारीले गर्नु भएको थियो ।

बिज्ञापन