आस्था /आध्यात्म

व्यवहारबाट नै सन्त भएको परिचय दिनु पर्छ : जगत सिंह (गीतकार– सं.नि.म. दिल्ली)

बिज्ञापन

तेज बहादुर बोहरा
अमरगढी, २७ चैत्र । व्यवहारबाट नै सन्त भएको परिचय दिनु पर्छ । सन्त निरंकारी मण्डल दिल्लीबाट आउनु भएका गीतकार जगत सिंहले डडेल्धुराको अमरगढीमा भएको सत्संग कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो– ‘दुई वर्षको कोरोना कालको महामारीको कारण सत्गुरु माता सुदीक्षा जी महाराजले अनलाईन मार्फत सत्संगको व्यवस्था गरेर सन्तहरुलाई कृतार्थ गर्नुभयो । कोरोना कम भएपछि लगत्तै हरियाणा, राजिस्थानको टुर गर्नुभयो, आज दुबईमा सत्संगको कार्यक्रम रहेको छ । दासलाई पनि प्रचार यात्रामा जानको लागि आशीर्वाद प्राप्त भयो र नेपालको टुर यात्रामा आएको हुँ, यो मेरो नेपालको आधिकारी टुरको पहिलो यात्रा हो । यसभन्दा पहिले बाबा हरदेव सिंह जी महाराजसंग टुर गरेको थिए ।’

बिज्ञापन

उहाँले अगाडि भन्नुभयोकि ज्ञान लिनुमात्र कुनै ठुलो कार्य होइन, त्यसलाई जीवनमा ढालेर त्यस मुताबिक आफूलाई कर्ममा ढाल्नु नै वास्तविक ज्ञान लिएको फलदायि हुन्छ । हामीले ज्ञानलाई आचरणमा ढाली सकेपछि हाम्रो व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ । व्यवहारबाट नै सन्त भएको परिचय दिनु पर्छ । मिठो बोली बोल्ने, अनुशासनमा बस्ने, सहनशील हुने, कसैको ह्दयलाई नदुःखाउने जुन कार्यबाट अरु हामीतिर आकर्षित हुन्छन् । यदि हामी संसारको पछाडि दौडिन्छौ भने ज्ञान लिएको कुनै फाईदा हुँदैन । त्यसैले हाम्रो व्यवहारमा परिवर्तन ल्याउनु नितान्त आवश्यक रहेको छ ।

उहाँले आफ्नै घरमा बितेको एउटा यथार्थ सत्यको उदाहरण दिदै भन्नुभयो– ‘धेरै पहिले भारतको तिकुनियाँबाट त्यहाँका साना व्यापारीहरु गर्मीको समयमा बरफर र चिसोको समयमा स्विटर लिएर आउने गर्थे । एक दिन एक बरफ बच्ने भारतिय नागरिकलाई साँझ घर फिर्ता हुन ढिलो भएपछि घाटमा डुंगा तराउने नाउले थिएन । ऊ निकै चिन्तित भयो र उसलाई ध्यान आयोकि आज यतै नेपालमा बस्नु पर्छ भनेर उसले मनमा जुक्ति निकाल्योकि निरंकारीहरु निकै सरल र ज्ञानी हुन्छन्, पाहुनाहरुको निकै कदर गर्छन्, म पनि एक सन्त भएको नाटक गरेर निरंकारीको घरमा जान्छु र त्यतै बास बस्छु भनेर हाम्रो घर बटनपुरमा गयो किनकि त्यस भारतिय नागरिकलाई थाह थियो कि यो घर निरंकारी हो भनेर । घरमा आमा मात्र हुनुहुन्थ्यो, उसले धन निरंकार भन्यो, आमाले पनि कोहि सन्त आएछन् भनेर धन निरंकार भन्नुभयो, उसको सम्मान गर्नुभयो, चरणामृत बनाउनुभयो र वरिपरिका सन्तहरुलाई जम्मा गरेर सानो सत्संगको आयोजना गरेर उसलाई स्टेजमा राख्नुभयो । सबै सन्तहरुले आ–आफ्नो भाव प्रकट गरिसकेपछि अन्त्यमा स्टेजबाट त्यो भारतिय नागरिकको पालो आयो र भन्योकि मलाई त यस सत्संगको बारेमा कुनै थाह छैन, मबाट आज धेरै ठुलो धोका भएकोछ, म कुनै सन्त–महात्मा होइन, निरंकारी होइन र कुनै लुटपाट गर्न यहाँ आएको पनि होइन, राति भएकोले बास बस्ने बहानाले मैले निरंकारी भएको केवल नाटक मात्र गरेको हुँ । मबाट भएको गल्तिलाई क्षमा गर्नुहोस । त्यहाँ उपस्थित सन्तहरुले कुनै प्रतिक्रिया नजनाएर उसलाई भनेकि कुनै कुरा छैन, यदि तिमी निरंकारी थिएनौ भने आजदेखि निरंकारी भयो भनेर उसलाई ज्ञान लिन र अरु विस्तृत रुपमा बुझ्नको लागि लखिमपुरका प्रमुख सहानी जीको नं. दिए । पछि उसले त्यहाँ गएर ज्ञान लियो एक ब्रम्हज्ञान भयो र उसको जीवनमा बदलाव आयो । यसरी मेरो आमाको व्यवहारले सन्तपनको व्यवहार देखाउँदा ऊ पनि एक निरंकारी सन्त बन्न गयो । ऊ निघासनमा बस्थ्यो र सन्त भएपछि उसले पूरा निघान निरंकारी बनायो ।’

त्यस्तै नेपालका क्षेत्रिय संचालक नरबहादुर बटालाले यो संसार एक भ्रमको भण्डार हो, पाइला–पाइलामा, शब्द–शब्दमा भ्रमको खेती रहेको छ । त्यस भ्रमलाई मेटाउनको लागि सत्गुरु संसारमा अवतरित हुने गर्दछ । निराकार आफ्नो साकार रुपमा प्रकट हुने गर्दछ । आज सत्गुरुले संसारका मानवहरुलाई यहि सम्झाई रहेको छ । उनले एउटा उदाहरण दिदै भन्नुभयो, एक बुढी मान्छे ट्रेनमा यात्रा गरिरहेकी थिइन, उनको टाउकोमा ठुलो भारि थियो, उनले त्यसलाई तल राखिनन्, उनलाई निकै अप्ठ्यारो भइरहेको थियो । एक सज्जन आएर उनको अवस्थालाई देख्दा भारीलाई तल राख्न सल्लाह दिए तर उनले भनिनकि एक त म टे«नमा यात्रा गरिरहेकी छु, त्यसमा फेरि भारीलाई तल राख्दा त टे«नलाई अझ भारी होला । त्यस्तो खालको भ्रमले हामी दुःख पाउँछौ । आज सत्गुरु अनेकौ रुपमा संसारमा आउनुभयो तर जुन ज्ञान छ, त्यो त्यही छ, त्यस ज्ञानले संसारलाई प्रकाशित गरिरहेको छ ।

उक्त सत्संग कार्यक्रममा सत्य बहिन्जी, किसन, कोपिला, सुरज, पार्वती, रस्मिता आदि लगाएतले आ–आफ्नो भाव राखेका थिए ।

बिज्ञापन