विज्ञापन

एजेन्सी । युक्रेनमा रुसको आक्रमण भएको लगातार आज आठौं दिन पनि जारी छ । राजधानी किभ बाहेक रुसी सेनाले खार्किभ लगायतका प्रमुख शहरहरुमा मिसाइल प्रहार गरिरहेको छ । यसैबीच, उत्तरी कीभबाट करिब ८० किलोमिटर टाढा रहेको चेर्निहाइभ, सुकाची, बुका शहरहरूको स्याटेलाइट तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा विनाशको दृश्य स्पष्ट देखिन्छ । यो तस्बिर अमेरिकाको म्याक्सर टेक्नोलोजीले जारी गरेको हो ।
विज्ञापन


रुस र युक्रेनबीच पोल्याण्ड–बेलारुस सीमामा दोस्रो चरणको वार्ता पनि सुरु भएको छ । युक्रेनी प्रतिनिधिमण्डल करिब २४ घण्टा ढिलोपछि घटनास्थल पुगेको थियो । बाइडेन प्रशासनले युक्रेनलाई आपतकालीन सहायताका लागि संसदमा १० अर्ब डलरको प्रस्ताव गरेको छ । डेमोक्र्याट र रिपब्लिकन दुवैले यो प्रस्तावलाई समर्थन गरेकाले यो छिट्टै पारित हुने विश्वास गरिएको छ ।
विज्ञापन

अन्य समाचारहरु
विश्वमै आर्थिक मन्दीको खतरा, अमेरिकाको शक्ति खाेस्दै एसिया
श्रीलंकाका नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धना नियुक्त
श्रीलंकामा रनिलले लिए राष्ट्रपतिको सपथ