घटना समाचार

अमेरिकाको क्यालिफोर्नियामा कार दुर्घटना नेपालीको मृत्यु

बिज्ञापन

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीले क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा रातो बत्तीमा बसी रहेको समयमा अर्को गाडीले ठक्कर दिएर भएको दुर्घटनामा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको हो ।

घटनास्थलमै विष्टको निधन भएको र दुर्घटना गराउने अर्का चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते २५ वर्षीय चालकको युसि डेविस मेडिकल सेन्टर (चिकित्सा केन्द्र) मा उपचार भैरहेको छ । प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन । मृतककी आमा (मुना विष्ट) हाल नेपालमा हुनुहुन्छ भने बुबा अनन्त विक्रम विष्ट १५ वर्षदेखि अमेरिकामै बसोबास गरिएको गायक विष्टले जानकारी दिनुभएको छ ।

बिज्ञापन
बिज्ञापन