बिश्व

अमेरिकी सांसदहरू किन आउँदै छन् नेपाल ?

बिज्ञापन

काठमाडौ । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरूले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरू कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रवार नेपाल आउन लागेको हो ।

शुक्रवार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरू आगामी आइतवारसम्म नेपालमा रहने छन् । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उनीहरूले आगामी अप्रिल २२ देखि २४ सम्म नेपाल भ्रमण गर्न लागेको जानकारी दिएको छ ।
नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा कंग्रेसनल प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्न लागेकाले यस भ्रमणलाई महत्वपूर्ण मानिएको छ । सिनटेर कोरी बुकरको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा यो मजबुत कंग्रेसनल डेलिगेशनले पोल्याण्ड, संयुक्त अरव इमिरेट्स, भारत, नेपाल र जर्मनीको भ्रमण गर्ने उल्लेख गरेको छ ।

यस भ्रमणका क्रममा युक्रेनमाथि रुसको आक्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ । नेपालले संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार युक्रेनमाथिको रुसको आक्रमणको विपक्षमा आफूलाई उभ्याएर विभिन्न मतदानमा भागसमेत लिएको छ ।

बिज्ञापन
बिज्ञापन