आस्था /आध्यात्म

मानवभित्र रहेको अवगुणलाई सफा गर्ने माध्यम केवल सन्तहरुको सत्संग नै हो – नरबहादुर रावल (अध्यक्ष– सं.नि.मं. नेपाल)

बिज्ञापन

अमरावती, १९ चैत्र । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले मानवभित्र रहेको अवगुणलाई सफा गर्ने माध्यम केवल सन्तहरुको सत्संग नै रहेको बताउनु भएको छ । टीकापुरको अमरावतीमा आयोजित साप्तहिक सत्संग कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘हामी सोचौंकि आफूभित्र गुण वा अवगुण के छ ? मानवभित्र रहेको अवगुणलाई सफा गर्ने माध्यम केवल सन्तहरुको सत्संग नै हो । जस्तै पानीमा हरेक चीजलाई सफा गर्ने शक्ति रहेको हुन्छ तर पानी एक्लैले मात्र कुनैचीजलाई सफा गर्न सक्दैन । पानीको साथै साबुन–सोडाको आवश्यकता पर्दछ । त्यस्तै हामीलाई सत्संग रुपी आमाको काख प्राप्त भएको छ, पिता रुपी परमात्मा–निराकार आज सत्गुरुको कृपाबाट प्राप्त भएको छ । यदि हामीमा भएका विभिन्न अवगुणका कारक तत्वहरुबाट माथि उठ्न सक्दैनौ भने यो अमूल्य ज्ञान लिएको कुनै उपलब्धि हुँदैन ।’

उहाँले एउटा उदाहरण दिदै अगाडि भन्नुभयो– ‘एक व्यक्तिका तीन जना छोरा थिए । उसले आफ्नो जीवन कालमै तीन वटै छोराहरुलाई बराबर गरेर आफूसंग रहेको सम्पत्तिको अंश–बण्डा गरिदियो । आफूसंग केवल एउटा हिराको टुक्रा मात्र राख्यो किनभने त्यसलाई टुक्रा गर्न सकिदैन्थ्यो । त्यसैले उसले आफ्ना छोराहरुलाई भन्यो कि जसले राम्रो कार्य गर्छ त्यसलाई म यो हिराको टुक्रा दिनेछु । बुवाले यस्तो भनेपछि तीनै छोरा राम्रो कार्यको पछाडि लागे । सबभन्दा पहिले कान्छो छोरा आएर भन्यो कि बुवा मैले एउटा राम्रो कार्य गरेर आएको छु भन्दा बुवाले भने– के राम्रो काम गरयो छोरा ? कान्छो छोराले भन्यो– एउटा मान्छे फोहोर ठाउँमा सुतिरहेको थियो, त्यहाँ हिलो पनि थियो, यदि त्यो हिलो उसको नाकमा पसेको भए मरिहाल्थ्यो । मैले त्यसलाई उठाएर नुहाई दिए, नयाँ लुगाहरु किनेर लगाई दिए र उसको घरसम्म पुरयाई दिए । कान्छो छोराको कुरा सुनेर बुवाले भन्योकि तिमीले राम्रो कार्य गरयो, एउटा मानवताको कार्य गरयो । त्यसको केहि समयपछि माईलो छोरा आएर भन्योकि बुवा मैले पनि एउटा राम्रो कार्य गरेर आएको छु । बुवाले के गरयो भनेर सोध्द्धा उसले भन्यो– एउटा मान्छे बीच पोखरीमा डुबीरहेको थियो । उसले आफूलाई बचाउ–बचाउ भनेर गुहारी रहेको थियो, चारैतिर मानिसहरु थिए तर त्यस पोखरीभित्र पस्ने कसैले हिम्मत गर्न सकेनन् । तर मैले आफूसंग भएका अमूल्य कागजात–बस्तुहरुको कुनै प्रवाह नगरेर पोखरीमा हाम फाले । माईलो छोराको कुरा सुनेर बुवाले भने– त्यो तिमीले मानव धर्म निभायो । मानवताको कार्य गरयो, उपकार गरयो तर त्यो सर्वश्रेष्ठ कार्यभने होइन । अन्तमा जेठो छोराको पालो आउँदा उसलेभन्यो– पहाडको बिकट र निकै डर लाग्दो बाटोमा एउटा मान्छे सुतिरहेको थियो, त्यस ठाउँमा पुग्दा त्यो मान्छे घोप्टो परेको थियो, मैले उसको शरीरलाई छाम्दा उसलाई ज्वरो आइरहेको थियो । उसले कोल्टे फेरेको खण्डमा सिधै तल नदीमा खस्न जान्थ्यो । मैले यसलाई आफ्नो पिठूँयुमा बोकेर उसको घरसम्म पुरयाए, यसो फर्केर हेर्दा त त्यो मेरो दुष्मन रहेछ । उसले मलाई खबरदारी गरेर भनेको थियोकि तिमीलाई म एक न एक दिन अवश्य सिध्याउने छु, तिम्रो बाटो कुरेर बस्ने छु । जसले धम्कि दिएको थियो त्यही मान्छे रहेछ । मैले सोचेकी बदलाको भावना लिनुभएन जेभयो भइहाल्यो, त्यसलाई घरमा पुरयाएर उसको परिवारको जिम्मा लगाईदिए । उसका बुवा खुशी हुँदै भनेकि छोरा तिमीले उत्तम कार्य गरयौं किनभने आज संसारमा दुष्मनको सेवा कसैले गर्न सक्दैन भनेर त्यो हिरा जेठो छोरालाई दियो । यसरी आज संसारमा चारैतिर अनेकै अवगुणले घेरिएको यो संसार छ ।

सत्गुरु बाबा हरदेव सिंह जीले हामीलाई संकेत गर्नुभयोकि प्रेम, नम्रता, सहनशीलता, सद्भाव सन्तहरुको गहना हुन । यदि गुणहरु कसैमा छन् भने ती ब्रम्हज्ञानी सन्तहरुमा मात्र छन् । हामीले बोलीले मात्र होइन त्यसलाई आचरणमा पनि त्यसको पालन गरेका छौ कि छैनौं भनेर बारबार सत्गुरु माता जीले हामीलाई सम्झाई रहनुभएको छ । यसरी यस्ता गुणहरुलाई सबभन्दा पहिले हामी आफूमा लागु गरौं, आफूबाट यसको शुरुवात हुन्छ भने परिवारलाई सुधार्न सक्छौ, बालबालिकालाई सुधार्न सक्छौ । हामी स्वयं कुलत बाटोमा लागेका छौ भने आफ्नो परिवार र बालबालिकालाई सही बाटोमा डोरयाउन सक्दैनौ । हामी स्वयं नै गलत बाटोमा लागेका छौभने छोराछोरीले पनि पछि गएर त्यही बाटोलाई अंगाल्न पुग्छन् ।

यसरी अमूल्य निराकार–परमात्मालाई पाएर पनि छलकपट, ईष्या–रिसतिर हाम्रो ध्यान गयो भने हामीले ज्ञान पाएको कुनै उपब्धि भएन । हिरण्यकश्प, रावण, कंश आदिभन्दा कम भएनौ । कसैले बाबा जीलाई सतियुग कहिले आउँछभनेर सोध्द्धा बाबा जीले भन्नुभयो यो सारा संसारका मान्छेहरुले यस ज्ञानलाई कर्ममा ढालेर त्यस मुताबिक आफ्नो जीवनलाई अगाडि बढाउँछौ भने मात्र सतियुग आउन सक्छ । ज्ञान लिदैमा, सत्संग गर्दैमा सतियुग आउँदैन, यसलाई कर्ममा ढालेपछि मात्र सतियुग आउँछ । अनेक युगमा भक्तहरुले अनेकौ दुःख–कष्ट सहनु परयो । जसको हामी भक्ति, पूजा गरिहेका छौ, त्यसलाई नजानेसम्म त्यो भक्ति, त्यो पूजा सार्थक हुँदैन । यो सबैलाई सार्थक गर्न सत्संगको आवश्यकता पर्दछ ।

बिज्ञापन

उहाँले पुरातन ज्ञान प्रचारक महात्मा लाल बहादुरको स्मरण गर्दै भन्नुभयोकि पहिले सत्संग समाप्ति पछि रातभरि ज्ञान चर्चा गरेर विहानीपख सन्तहरु आफ्नो घर पुग्थ्ये । पाँच प्रणको बारेमा बारबार महात्माहरुसंग यसको राम्रो जानकारी गर्नु आवश्यक छकि यो के हो र यसलाई कसरी आफ्नो जीवनमा ढाल्न सकिन्छ ।

उक्त सत्संग कार्यक्रममा प्रचारक विभाग प्रमुख देवराज रिमाल, क्षेत्रिय सेवादल संचालक नरबहादुर बटाला, अमरावती सत्संग भवन मुखी पदम सिंह, सेवादल इंन्चार्ज जगत सिंह लगायत करन सिंह, भाना, झुपरी, लाल सिंह, टेक बहादुर, अमर सिंह, विजय, सतिलाल, काशीराम, इन्द्र सिंह, तेज बहादुर बोहरा आदिले आ–आफ्नो भाव प्रकट गरेका थिए भने कार्यक्रमको संचालन ज्योति सिंहले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन