बिश्व

अमेरिकासहित विश्वका २० देश युक्रेनलाई हाईटेक हतियार दिन सहमत

बिज्ञापन

एजेन्सी । विश्वका २० देशले युक्रेनलाई अत्याधुनिक (हाईटेक) हतियार दिने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनी सेनाको सहयोगका लागि विश्वका २० देशले अतिरिक्त हतियार दिन लागेको बताएका हुन् ।

बिज्ञापन

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार विश्वभरका करिब ५० देशका नेता सहभागी एक भर्चुअल बैठकमा युक्रेनलाई हरपुन लन्चर मिसाइलसहित थुप्रै अत्याधुनिक हतियार दिने सहमति जुटेको हो ।

बैठकमा अमेरिकी रक्षा मन्त्रीले डेनमार्कप्रति आभार प्रकट गरे । डेनमार्कले युक्रेनलाई हरपुन एन्टी शिप मिसाइल दिने प्रतिबद्धता जनाएको छ । यसले युक्रेनको आक्रमण गर्ने क्षमतालाई कयौँ गुणा बढाउने अपेक्षा गरिएको छ ।

उक्त बैठकमा अमेरिकाका एक वरिष्ठ सैन्य अधिकारीले युक्रेनमा हतियारसम्बन्धी तालिम प्रदान गर्न प्रशिक्षकसमेत पठाउने विषयमा बताए । यद्यपि, युद्धका लागि अमेरिकाले सेना भने नपठाउने उनले बताए ।

बिज्ञापन