राजनीति

एमाले बैठकमा सुदूरपश्चिम प्रदेशको रिपोर्टिङ : कांग्रेस–एमालेबीच नै प्रतिस्पर्धा

बिज्ञापन

धनगढी । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिम प्रदेशको तर्फबाट पनि रिपोर्टिङ गरिएको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिम प्रदेशको तर्फबाट दामोदर भण्डारीले रिपोर्टिङ गरेका हुन् । उनले आफूहरुको अवस्था २०७४ सालको भन्दा राम्रो रहेको बताएका छन् ।

बिज्ञापन

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार उनले गठबन्धनका कारण सो शक्ति पहिलो रहेको बताएका हुन् । ’नेपाली कांग्रेस प्रमुख शक्ति हो। हाम्रो अवस्था पनि बलियो नै छु,’ उनको भनाइ थियो ।

उनले गठबन्धन नभएमा आफूहरुले ३८ पालिकाको नेतृत्व जित्ने बताएका थिए । ३० मा भने तीव्र प्रतिस्पर्धा हुने उनको भनाइ थियो । गठबन्धन भयो भने आफूहरुले २३ पालिकाको नेतृत्व जित्ने ४६ पालिकामा आफूहरु प्रतिस्पर्धी बन्ने उनको आँकडा छ । १९ वटा पालिकामा भने आफूहरुको अवस्था कमजोर रहेको उनको रिपोर्टिङ छ ।

सुदूरपश्चिम प्रदेशमा १ उप–महानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी जम्मा ८८ स्थानीय तह रहेका छन्।

बिज्ञापन