राष्ट्रिय समाचार

आन्दोलनहरुमा घरेलु हतियारको प्रयोगले, ६ वर्ष यता ११ जना प्रहरीले अकालमै ज्यान गुमाए

बिज्ञापन

काठमाडौं । पछिल्लो समय स्थानीय स्तरमा हुने आन्दोलनहरुमा घरेलु हतियारको प्रयोग गर्ने क्रम बढेपछि सुरक्षाकर्मीको ज्यान जोखिममा पर्ने गरेको छ । यस्तै घटनामा विगत ६ वर्षमा ११ जना प्रहरीको ज्यान गएको छ ।

बिज्ञापन

आइतबार मात्रै मोरङमा १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न खटिएको प्रहरी टोली र स्थानीयबीच झडप हुँदा स्थानीयको चक्कु प्रहारबाट घाइते भएकी महिला प्रहरीको ज्यान गएको छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका तथा सशस्त्रका दुई र एक बालकसहित आठ जनाको ज्यान गएको थियो ।

यी त प्रतिनिधि घटना मात्र हुन । यस्ता घटना बारम्बार दोहोरिने गर्छन् । जनताका सेवाका लागि खट्ने प्रहरी नै जनताबाट मारिएका छन् भने कतिपय अवस्थामा सर्वसाधारणको समेत ज्यान जाने गरेको छ । आइतबार प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठ लेटाङ नगरपालिकामा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको विषयमा विवाद बढेपछि प्रहरी र स्थानीयबीच झडप हुँदा श्रेष्ठ मारिएकी हुन ।

घटनाको ढिलो गरी प्रहरीमा खबर आएको र स्थानीयको उग्ररुपका कारण घटना भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी विष्णुकुमार के.सी.ले बताए । उनका अनुसार प्रहरी र स्थानियबीच कहिलेकाहीँ यस्ता घटना हुन्छन् । त्यसका लागि आम नागरिक, सामाज समयमा सजग र सचेत भएन भने यस्ता किसिमका घटना दोहोरिरहने हुन्छ ।

यसका लागि प्रहरीलाई घटना हुनुभन्दा अगाडि नै समस्याको बारेमा जानकारी गराउनुपर्ने हुन्छ । र प्रहरी पनि तत्काल त्यहाँ पुगेर समस्याको सामाधान गर्नुपर्ने वातावरण मिलाउनुपर्ने हुन्छ । विवादित विषय छ भने प्रहरी पनि तयारी साथ जानुपर्ने हुन्छ ।

आम नागरिक र अन्यले सकारात्मक तरिकाले साथ र सहयोग गरी समस्याको निराकरण गर्नुपर्ने हुन्छ । पछिल्लो समय प्रदर्शनकारीले घरेलु हतियार बोकेर आन्दोलनमा आउने गरेका कारण सुरक्षाकर्मीको ज्यान जोखिममा पर्ने गरेको छ । यस्ता घटनाका लागि सरकारले दीर्घकालीन सोच बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
सुरक्षा साधन भए पनि प्रदर्शनकारीले लुकिछिपी प्रहरीलाई आक्रमण गर्दा बच्न सक्ने अवस्था हुँदैन । कुनै पनि घटनाको कानुनी उपचार नखोजी आक्रमण गर्ने मनशाय बनाउने हुँदा यस्ता घटना दोहोरिने गरेको छ ।

समाजशास्त्री मधुसुदन सुवेदीका अनुसार प्रहरीले बल प्रयोग गर्नुपरेमा अन्दोलनकारी मार्कमा पर्ने हुँदा राज्यले दिएको जिम्मेवारी पुरा गर्ने बेला प्रहरी फस्ने गर्छ । प्रहरीलाई स्थिति नियन्त्रण गर्न जथाभावी हातियार प्रयोग गर्ने अधिकार हुँदैन ।

यसका लागि राज्यको तर्फबाट प्रहरीले राजनितिक पार्टी वा स्थानीयबीच भएको विवाद मिलाउन छलफल गर्ने वातावरण मिलाएर छलफल गर्नुपर्ने हुन्छ । उनले भने, अन्दोलनकारी र प्रहरी दुबै संयमित हुनुपर्छ, केही बर्दी र केही विना बर्दीका प्रहरी अन्दोलनमा हुन्छन् तर प्रहरीलाई फसाउने काम गर्नुभएन ।’ राज्य वा सरकार दुवैले मिलाउने काम गर्नुपर्ने हुन्छ ।

बिज्ञापन