07/12/2021

मालिका समाचार

देशको ऐना

1

अनेरास्ववियु टीकापुरको प्रभात फेरि सम्पन्न

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर ७ मंसिर
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थि युनियन टीकापुरले नेकपा एमालेको दसौं राष्ट्रिय महाअधिवेशन लाई सफल पारौं भन्ने मुल नाराका साथ आज टीकापुरमा प्रभात फेरि कार्यक्रम सम्पन्न गरेको छ।

अनेरास्ववियु केन्द्रिय सदस्य सुरेश शर्माको संयोजकत्वमा आज बिहान टीकापुर स्थित नेकपा एमालेको पार्टी कार्यलय बाट सुरु भएको उक्त कार्यक्रम टीकापुर बजार परिक्रमा गरेर टीकापुर को मुल स्थानको रुपमा रहेको खड्ग चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

पार्टीका जिल्ला कमिटी सदस्य तथा टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र रावलले कोणसभा सभालाई सम्बन्ध गर्दै दशौ महा अधिवेशन सफल पार्न जनता बाट कुनै चन्दा न उठाइ पार्टीले हरेक पार्टी सदस्य १ सय अनिवार्य अभियान चलाइ नेपाल एमाले जनताको पार्टी रहेको प्रमाण प्रस्तुत गरेको र देशका अन्य ठुला पार्टी हरुले नगर्न सकेको नमुना एमालेले मात्रै गरेर देखाउने गरेको पनि बताए ।

कार्यक्रम को संचालन अमिता कडेलले गरेकी थिइन । पार्टीका जिल्ला कमिटी सदस्य श्याम खत्री , पार्टी सुदुरपश्चिम प्रदेश प्रचार प्रसार बिभाग सदस्य प्रेम भट्टराई राष्ट्रप्रेमी, टीकापुर नगरपालिका वडा नम्बर १ पार्टी अध्यक्ष भुपेन्द्र साउद , उद्योग वाणिज्य संघका सदस्य जीवन गौचन नेकपा एमाले स्थानीय नेत्री युवा कृष्णा चौधरी ,युवा बम ओली गणेश ओली , लगायत सयौ युवा विद्यार्थी हरुको उपस्तिथि रहेको थियो ।

विज्ञापन