August 13, 2022

मालिका समाचार

देशकाे ऐना

सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठलाई सेवाबाट हटाइँदै

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

काठमाडौ । गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा. आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।

विज्ञापन

नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो ।

उनी १२ फागुनदेखि कार्यालयमा आएकी छैनन् । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) मा ‘बिदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ व्यवस्था छ ।

गृहले श्रेष्ठलाई ७ दिनभित्र सफाइ पेश गर्न पनि भनेको छ ।

विज्ञापन