घटना समाचार

कान्द्रा नदीमा डुबेको लास भेटियो

बिज्ञापन

घोडाघोडी (कैलाली) । कैलालीमा आइतबार नदीमा डुबेको अवस्थामा एक जना व्यक्तिको लास फेला परेको छ । घोडाघोडी नगरपालिका –११ सिसैया गाउँ नजिकै  रहेको कान्द्रा नदीमा शनिबारदेखि हराइरहेको व्यक्तिको लास आज फेला परेको प्रहरीले जनाएको छ । 

बिज्ञापन

भगवती माई गाउँपालिका –४ मनघर दैलेख घर भएका अन्दाजी २२ वर्षीय अमर थापाको अत्तरियाबाट गएको गोताखोर टोलीले खोजीगर्ने क्रममा नदीमा मृत शरीर फेला पारेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव भण्डारीले जानकारी दिनुभयो ।

साथीसँग कान्द्रा नदीमा माछा मार्न गएका बेला उहाँ बेपत्ता हुनुभएको थियो । आइतबार प्रहरी कार्यालयमा खबर प्राप्त हुनासाथ अत्तरियाबाट आएको गोताखोर टोलीले खोजी गर्दा उहाँ मृत भेटिनुभएको थियो । उहाँसँगै माछा मार्न गएका अन्य ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

थापाको शवलाई पाष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उहाँ पहलमानपुर–लालबोझी सडकखण्ड निर्माणमा मिक्स्चर चलाउने काम गर्देआउनुभएको प्रहरीले जनाएको छ । 

बिज्ञापन