घटना समाचार

भारतिय युवकको हत्यामा दुई जना पक्राउ

बिज्ञापन

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको केराबारीको किनारामा एक भारतिय युवकको हत्या गरेर फालिएको प्रकरणमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका उनीहरुलाई आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

बिज्ञापन

कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार हत्या आरोपमा पक्राउ गरिएका बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई सार्वजनिक गरिएको हो । बुढाद्वयले मिलेर भारतीय नागरिक कुलदीप गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको एसपी अधिकारीले बताए । उनले भने, ‘गुप्ता बुढाको अटोमा बसेर आफ्नो गन्तव्यतिर गैरहेको र गुप्ताले बीचमा तिमीहरु नेपाली यस्तो–उस्ता भनेपछि अपसमा विवाद बढेपछि अटोबाट तल फालेर अटोमो रहेको काठको लठ्ठीले अनुहारमा हिर्काउँदा गुप्ताको मृत्यु भएको भुपेन्द्र बुढाले बयान दिएको बताउनुभयो । अहिल् उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताउनुभयो । तिनै जनाले त्यस अवस्थामा मदिरा सेवन गरेको कुरापनि स्वीकार गरेका छन् ।

उक्त अवसरमा दिनरात खटेर अनुन्धानलाई निष्र्कसमा ल्याउन सहयोग गरेका सादा पोशाकको कमाण्ड सम्हालेका प्रहरी नायब निरिक्षक शुसिल चन्द, महेश चन्द, प्रसनि मोहन रावल, प्रहरी जवान लक्ष्मी सुनारलाई एक हजार नगद र प्रशंसा पत्र प्रदान गरिएको थियो ।

सोमबार धनगढीको वडा नम्बर ५ शिवनगर र जाई जोड्ने सडक छेउको नालीमा भारतको उत्तरप्रदेशस्थित शाहजापुराका अन्दाजी ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो । बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकालेको थियो । गुप्ता भारतबाट धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका थिए ।

बिज्ञापन