December 1, 2022

मालिका समाचार

देशकाे ऐना

ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

लन्डन — ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतामा सुनक चयन भएका छन् । प्रतिस्पर्धा रहेकी मन्त्री पेन्नी पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गरेकी छिन् ।

कन्जरभेटिभ पार्टीमा कार्यालयमा सर ग्राहम ब्रान्डीले दलको नेताका लागि सुनकको मात्रै उम्मेदवारी परेको जानकारी दिए । गत साता प्रधानमन्त्री लिज ट्रसले राजिनामा दिने घोषणा गरेसँग कन्जरभेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि स्थानीय समयअनुसार सोमबार ४ बजेसम्म मनोनयनका लागि समय तोकिएको थियो । प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजिनामा दिने घोषणपछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो ।

विज्ञापन
विज्ञापन

विभिन्न विवादमा परेको कारण जोन्सनले राजीनामा दिएपछि पार्टी नेताका लागि ट्रस र सुनकबीच प्रतिस्पर्धा भएको थियो । जसमा ट्रसले सुनकलाई पराजित गरेकी थिइन् । बेलायतको पूर्व अर्थमन्त्री ४२ वर्षीय सुनक भारतीय मूलका बेलायती हुन् । अर्थतन्त्रलाई गति दिन भनेर ल्याएको कार्यक्रमले संकट उत्पन गराएपछि ती निर्णयहरु फिर्ता लिँदै ट्रसले राजीनाको घोषणा गरेकी थिइन् ।