अर्थ

चाउमिन बेचेरै मासिक साढे २ लाख

बिज्ञापन

मेलम्ची । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ ।

उनी एकाबिहानै मोटरसाइकलमार्फत् मेलम्चीसम्म चाउमिन पुर्याउँछन् । दिउँसो चाउमिन बनाउँछन् । उनी श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार बन्न चाउमित उद्योग खोलेका हुन् ।

सानो पुँजीमा सुरु गरेको चाउमिन बनाउने उद्योगमा २ जनालाई रोजगारी पनि दिएका छन् । २६ वर्षीय तामाङले कक्षा १० सम्मको अध्ययन पूरा गरेका छन् । यसअघि भक्तपुर चाउमिन उद्योगमा सहयोगीका रुपमा २ वर्ष र ‘मिस्त्री’का रुपमा ६ वर्ष काम गरे ।

त्यही उद्योगमा सिकेको सीप उपयोग गर्न परिवारको सल्लाहमा चाउमिन उद्योग सुरु गरेको उनले बताए । तामाङ भन्छन्, ‘हाल बिबेक नुडल्समा उत्पादन भएको चाउमिनले बजारबाट राम्रो प्रतिक्रिया पाएको छ । यसले असाध्यै खुसी दिएको छ ।’

बिज्ञापन

कम्पनीबाट उत्पादन भएको चाउमिन इन्द्रावती गाउँपालिकाका १२ वटा वडा र मेलम्ची नगरपालिकासम्म पुग्ने उनले बताए । ‘हातमा सीप र जोखिम लिने क्षमता भयो भने सानो पुँजीमा पनि गाउँमै स्वरोजगार बन्न सकिने रहेछ,’ तामाङले भने, ‘त्यसैले विदेश जानुलाई मात्रै विकल्प सोच्नु हुँदैन ।’

महिनामा २ लाखदेखि २ लाख ५० हजारसम्म आम्दानी हुने गरेको उनले सुनाए ।

बिज्ञापन
बिज्ञापन