बिश्व

परमाणु युद्धको खतरा

बिज्ञापन

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध लम्बिदै जाँदा नयाँ संकटको खतरा बढेको छ । रुसले युक्रेनविरुद्ध खतरनाक हतियार प्रयोग गर्न थालेको छ । यो परमाणु बमको प्रयोगको संकेत पनि हो ।
रुसले ४ चैत्रमा पहिलोपटक किन्जाल हाइपसोनिक मिसाइलको प्रयोग गरेको छ । युद्धक विमानबाट प्रहार गरिएको मिसाइल परमाणु बम बोक्नसक्ने खालको हो । तर, यसपटक उसले त्यस्तो बमविना नै युक्रेनको जमिन मुनी लुकाइएको हतियार नष्ट गर्न प्रयोग गरेको छ ।

रुस खतरनाक हतियारको प्रयोगमा बढिरहेको छ । अर्कोतर्फ, अमेरिकासहित नाटो देशहरुले रुसविरुद्ध कडा नीति लिदै आएका छन् । युक्रेनलाई युद्धक विमान सहयोग दिनेबारे नाटोमा छलफल बढेको छ । पोल्यान्ड त्यस्तो सहयोग दिन तयार भइसकेको छ ।

नाटो रुससँगको युद्धमा प्रत्यक्ष संलग्न होस् भन्ने चाहन्छ युक्रेन । पोल्यान्ड पनि त्यही चाहना राख्न थालेको छ । यो भनेको रुससँग नाटो युद्धमा भिड्नु हो । रुसमाथि आर्थिक प्रतिबन्धहरु पश्चिमाहरुले लगाएका छन् ।

रुसलाई किनारा लगाउँदै लगिए गम्भीर अवस्था आउने चिनियाँ भनाई सार्वजनिक भएको छ । चिनियाँ उप विदेशमन्त्री लीले आणविक शक्तिलाई किनारा लगाउनुलाई अकल्पनीय खतराको सम्भावना भनेका छन् ।

बिज्ञापन

नाटोले अहिलेसम्म युद्धमा प्रत्यक्ष संलग्न नहुने बताइरहेको छ । युक्रेनलाई उडानरहित घोषणा गर्न मानेको छैन । तर, कुनैपनि बेला निर्णय फरक हुन सक्छ । अर्कोतर्फ, रुसले नाटो देशहरुलाई पनि आक्रमण गर्न सक्ने खतरा रहेको छ । विशेषगरी मोल्डोभा र पोल्यान्ड तारोमा पर्न सक्छ ।

रुस परमाणु शक्तिका दृष्टिले विश्वकै शक्तिशाली देश हो । अमेरिकाले दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा खसालेको बमभन्दा शक्तिशाली बम रुससँग छ । यसले परमाणु शक्ति भएमा विश्वमै ठूलो क्षति पुग्न सक्छ ।

बिज्ञापन
बिज्ञापन