आस्था /आध्यात्म

शाश्वत ईश्वरसंग नाता जाडेर मात्र जीवन सुखमय तथा सार्थक बन्दछ– निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराज

बिज्ञापन

औरंगाबाद २८ जनवरी । “शाश्वत ईश्वरसंग नाता जोडेर मात्र जीवन सुखमय बन्न सक्छ ।” उक्त उद्गार निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले महाराष्ट्रको ५६औं निरंकारी वार्षिक सन्त समगमको पहिलो दिन लाखौंको संख्यामा उपस्थित् विशाल मानव परिवारलाई सम्बोधन गर्नुहुंँदै व्यक्त गर्नुभयो ।


यो तीनदिने समागम औरंगाबादको बिडकीन एम.आई.डी.सी. मैदानमा आयोजित् गरिएको छ, जसमा देश–विदेशबाट ठुलो संख्यामा श्रद्धालु–भक्तहरु तथा जनसाधारणहरु भाग लिईरहेकाछन् ।


सत्गुरु माता जीले भन्नुभयो, जीवनमा यदि कसैलाई कुनै वस्तुको अभाव हुन्छ भने हामीलाई त्यो प्राप्त गर्ने आस हुन्छ । उक्त वस्तु प्राप्त भइसकेपछि हामीलाई केहि समयको लागि खुशी पाईन्छ तर त्यो खुशी हाम्रो जीवनमा निरन्तर रहदैन किनभने भौतिक वस्तुहरु परिवर्तनशील तथा नाशवान हुन्छन् । यी सबै सांसारिक सुखहरुभन्दा माथि एक आनन्दको अवस्था हुन्छ त्यो अवस्था परमात्मासंग एकमय भयोभने मात्र पाईन्छ ।


सत्गुरु माता जीले अगाडि भन्नुभयो कि परमात्मा एक यस्तो सत्य हो जसलाई कसैले झुटलाउन सक्दैन । परमात्मा जीवनमा हरेक समय निरन्तर बनिरहन्छ । न यो घट्छ, न यो बढ्छ । यो कुनै आकारसंग बांँधिएको हुँदैन, न यो आगोले जल्छ, न त यो काटेर काटिन्छ । यस्तो यो परम अस्तित्वमा आधारित जीवन बाँचिन्छ भने कुनैपनि नराम्रो अवस्थाले मनलाई दुःखी बनाउन सक्दैन अनि राम्रो अवस्थामा पनि हामी होश गुमाउदैनौं ।

बिज्ञापन


माता जीले सम्झाउनुभयो कि हामीसंग तन, मन, धनको रुपमा जुनपनि वस्तुहरुछन् ती सबै परमात्मा कै देन हुन्, परमात्मा जब चाहन्छ तब लिन सक्छ । यदि यी वस्तुहरु हाम्रा भएका भए हाम्रो नियन्त्रणमा हुन्थे, हाम्रो शरीरमा कुनै कष्ट हुंँदा पनि डाक्टरकहांँ जाने आवश्यक पर्ने थिएन, हामी आपैm ठीक हुन्थ्यौं । हाम्रो नियन्त्रणमा हुन्थ्यो भने हाम्रो कपाल पनि सेतो हुनदिने थिएनौं अथवा बुढो भएर शरीरमा चाउरी पर्न दिनेथिएनौं । केहि समयको लागि मात्र वस्तुहरु हामीसंग रहन्छन् । अतः यी सबै वस्तुहरुको सदुपयोग गरियोस् ।


अन्तमा सद्गुरु माता जीले भन्नुभयो, सबै धार्मिक ग्रन्थहरुमा पनि यही सम्झाइएको छ, कि मानव जीवन केवल भौतिक कार्यहरुको लागि मात्र पाइएको होइन, यो जीवन त पारीवारिक जिम्मेवारी निभाउंँदै आफ्नो आत्माको नाता परमात्मासंग जोडेर जीवित अस्थामा नै मुक्तिको लाभ प्राप्त गर्नुपर्छ ।


सेवादल रयाली
समागमको दोस्रो दिनको थालनी एउटा प्रभावशाली सेवादल रयालीबाट भयो । यो सेवादल रयालीमा हजारांैको संख्यामा सेवादलका महिला तथा पुरुष स्वयं सेवकहरुले आफ्नो वर्दीमा सुसज्जित् भएर भागलिए । सत्गुरु माता सुदीक्षा जी महाराज तथा निरंकारी राजपिता रमित जीको समागम स्थलमा आगमनमा मिशनका सेवादलका अधिकारीहरुले पुष्प गुच्छा दिएर दिव्य युगलको स्वागत गरेका थिए । त्यसपछि दिव्य युगलले सेवादल ¥यालीको अवलोकन गर्नुभयो र सत्गुरु माता जीले मिशनको शान्तिको सेतो ध्वजारोहण गर्नुभयो ।


रयालीमा मिशनका शिक्षाहरुमा आधारित लघुनाटीकाहरु प्रस्तुत गरिएका थिए जसको माध्यमबाट भक्तिमा सेवाको महत्वको उजागर गरिएको थियो । जसमा मुख्यतः सेवाबाट परिवर्तन, आंँखाबाट देखियो अवस्था, सबैभन्दा पहिले मानव बन, सेवामा चेतना आदि अत्यन्त प्रशंसनिय रह्यो । यसका अतिरिक्त शारीरिक व्यायम, योगा तथा मलखम्ब जस्ता शारीरिक करतबका पनि कतिपय कार्यक्रमहरु सेवादलका भाइ–बहिनीहरुले प्रस्तुत् गरे जसको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा बल दिइयो ।


यो रयालीमा सेवादलका भाइ–बहिनीहरुलाई आशीर्वाद प्रदान गर्नुहँदै सत्गुरु माता सुदीक्षा जी महाराजले भन्नुभयो, बम्हज्ञानी त हरेक समयको लागि सेवादार हुन्छ । जहिलेदेखि ब्रम्हज्ञान प्राप्त हुन्छ, त्यसबेला देखिनै उसको मनमा पूरा मानवताप्रति सेवाभाव जागृत हुन्छ । सेवा वर्दी लगाएर वा वर्दी नलगाएर पनि गर्न सकिन्छ अनि यदि वर्दी लगाइन्छ भने उसको जिम्मेवारी बढ्छ । सेवा आवश्यता अनुसार दिइएको आदेश अनुसार पूरा तन्मयता एवं चेतनाका साथ भक्तिभावका साथ गरिन्छ ।


निरंकारी प्रदर्शनी
सन्त निरंकारी मिशनको इतिहास, विचारधारा तथा सामाजिक गतिविधिहरुलाई दर्शाउने निरंकारी प्रदर्शनी, समागम स्थलमा आएका भक्तजनहरुका लागि आकर्षणको केन्द्र बनेको छ । यो प्रदर्शनीमा चित्रहरु, छाया चित्रहरु तथा विभिन्न मोडल्सहरुद्वारा आधुनिक तकनिकीको प्रयोग गरेर मिशनको इतिहास, विचारधारा तथा सामाजिक गतिविधिहरुमा प्रकाश पारिएको छ ।

यस पटक मुख्य प्रदर्शनीका अतिरिक्त बाल प्रदर्शनी एवं स्वास्थ्य तथा सामाज कल्याण विभागको प्रदर्शनी पनि लगाइएको छ । बाल प्रदर्शनीमा बालबालिकाहरुको जीवनमा मिशनको सन्देशको महत्व र आध्यात्मिक जागरुकताको महत्व दर्शाइएको छ । यसरी नै स्वास्थ्य तथा समाज कल्याण विभागको प्रदर्शनीमा मानव शरीरलाई स्वस्थ राख्ने उपायहरु दशाईएका छन् । यसका साथै सन्त निरंकारी चेरिटेबल फाउण्डेशनद्धारा संचालन गरिने सामाजिक कार्यहरु तथा विभिन्न गतिविधिहरुलाई पनि मोडल तथा छाया–चित्रद्वारा देखाइएको छ । यो प्रदर्शनीको उद्घाटन सत्गुरु माता सुदीक्षा जी महाराजको कर कमलद्वारा २५ जनवरीका दिन गरिएकोथियो । यी प्रदर्शनीहरु समागमको समयमा श्रद्धालु दर्शकहरुको लागि खुला रहने छ ।

बिज्ञापन
बिज्ञापन