मनोरञ्न

टीकापुरको ठानापुरमा थारु सांस्कृतिक कार्यक्रम सम्पन्न

बिज्ञापन

टकिापुर, १८ असोज । टीकापुर नगरपालिका वाड नं. ४ ठानापुरमा थारु सांस्कृति कार्यक्रम सम्पन्न भएको छ । विजया दशमीको उपलक्ष्यमा ठानापुरका बचत महिला समूहद्वारा हिजो राति आयोजित उक्त कार्यक्रममा महिलाहरुले थारु भेषभूषामा सजिएर विभिन्न थारु तथा हाँस्यव्यङ्गे नृत्य प्रस्तुत गरेका थिए ।


पहिले बडा दशैं आउँदा थारु समाजमा निकै रौकन दृश्यहरु देख्न पाईन्थ्यो । दर्शैको दिन नयाँ–नयाँ लुगाहरु लगाएर घर–घरमा धिक्रि (पानीको वाफमा उसिनिएर बनाएको एक प्रकारको परिकार) माँग्ने प्रचन निकै लोकप्रिय थियो तर अचेलका बालबालिका तथा युवा–युवतीहरुमा यो प्रचलन बिस्तारै लोप हुँदै गइरहेको छ । नगन्य गाउँहरुमा मा कहि–कहि देख्न पाईन्छ ।
नाच हेर्न आएका लौटन चौधरीले पहिले टिपिकल रुपमा प्रत्येक गाउँमा धिकरौवाको दिन मादल बजार नाच गर्ने गर्थे अहिले चाहि त्यस्तो नाच कतै देख्न पाईदैन । डेग लगायो, कम्मर हल्लायो, छाडा गीतहरुमा नाच गरयो आदि नराम्रा विकृतिहरु नाचको नाममा मौलाई रहेको उहाँले आरोप लगाउनुभयो ।


त्यस्तै समाज सेवी राजराम चौधरीले आजकालका युवा र समाजको साथै स्थानीय सरकारले थारु सांस्कृति कार्यक्रमको जगेर्ना गर्न सबै मिलेर लाग्नु पर्नेमा ठाउँमा यसतिर कसैले ध्यान नदिएको गुनासो पोख्नुभयो । अलि केहि रमाईलो भएपनि आज महिलाहरुले आफ्नो कार्य व्यस्तताको कारणले पनि थारु सांस्कृतिक रुपलाई केहि हदसम्म प्रस्तुत गर्न र आफ्नो परम्परालाई जोगाई राख्न आज सांस्कृति कार्यक्रमको आयोजना गरेकोमा महिलाहरुलाई धन्यवाद दिदै खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय नेता गण तथा महिलाहरुको उत्साह वर्धक सहभागित रहेको थियोभने कार्यक्रमको संचालन जगत चौधरी र रामराज चौधरीले गरेका थिए ।

बिज्ञापन
बिज्ञापन