काठमाडाैँ, वैशाख ३१ गते । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पक्राउ अनुमति जारी भएको छ । जिल्ला अदालत काठमाडौँले प्रतीकविरुद्ध शुक्रबार पक्राउ अनुमति जारी गरेको गृह मन्त्रालयका एकजना अधिकृतले जानकारी दिनुभएकाे हाे ।
विज्ञापन

नेपाली नागरिकलाई भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी प्रकरणमा प्रतीकको संलग्नता देखिएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष समेत रहनुभएका रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेकाे बताइएकाे छ ।
विज्ञापन

यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित १२ जना थुनामा छन् ।
अन्य समाचारहरु
प्रधानमन्त्री प्रचण्ड आज साँझ ४ बजे स्वदेश फर्किंदै
२५ नं इजलासमा बालकृष्ण खाणसँग २४ सवालजवाफ
पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो