
काठमाडौबाट : मंगलवार बिहान बालुवाटार बाट चितवनतर्फ प्रस्थान गरेकाे सिताराम शाेभा यात्रा साझ ५:३० बजे पवित्र देवघाटधाममा पुगेकोथियो उक्त क्षेत्रको गाउँ बिकासका पिठाधिस,सन्त,महन्त,देवघाट बिकास समिति र स्थानीयबासी द्वारा स्वागत गरेका थिए ।
आज बिहान ८ बजे देवघाटधाम बाट भरतपुर,नारायणगढ,चाैविसकाेठि हुदै माडी अयाेध्यापुरी पुगिरहेको छ।
श्रीरामनवमीको अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति आज प्रतिस्थापन गरिँदै छ।
। उक्त समारोहमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराज पनि सहभागी हुन त्यसतर्फ प्रस्थान भएका छन् ।
जनकपुरधाम स्थित जानकी मन्दिरभित्रको माटो संगै गंगासागरको जल, बराह क्षेत्रका चतराधामको माटो र कोशी नदीको जल लिएर अहिराज माडी पुगेका हुन् ।

यो धार्मिक समारोह रामनवमीको शुभ अवसरमा उनले धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बल पुग्ने अपेक्षा गरेको संचार माध्यम लाई बताए ।
माडीमा भगवान राम-सीता हनुमानका प्रतिमा प्रतिस्थापन हुने भएपछि स्थानीय हरु खुसी भएका छन।
अन्य समाचारहरु
ग्लोबल ओरियन्सको टीकापुरस्थित कार्यालयमा प्रहरीद्वारा छापा
मेयर साम्पाङले माफी माग्नुपर्ने भन्दै वडाध्यक्षहरु आन्दोलित, हातमा कालोपट्टी बाँधेर विरोध
आज घोडेजात्रा पर्व, उपत्यकामा सार्वजनिक बिदा