
काठमाडौ २८ साउन सोमबार बाट २६ साउन देखि हराएका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।

सोमबार (साउन २६ मा) ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको हो।
परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा बनियाँ बेपत्ता भएको हुनाले ‘खोजी पाउँ’ भन्दै निवेदन दिएका छन् । बल्खुमा उनको जुत्ता फेला परेको थियो
महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले बानियाँ शव फेला परेको पुष्टि गर्दै भने–‘उहाँको शवलाई अहिले हेटौँडा अस्पतालमा लगिएको छ ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु¥याएको खुलेको छ । घटनाबारे महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।
तनहुँ घर भएका बानियाँ कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता हुन् ।
हाम्रो कालापानी अन्लाईन बाट साभार

अन्य समाचारहरु
भारत बेच्न लगिएका बाजुराका १९ जना महिलाको नाकाबाट उद्धार
पूर्वसैनिक र पूर्वलडाकु मिलेर समूह नै खडा गरी डकैती
जोखिमपूर्ण चोरबाटोबाट अमेरिकाको यात्रा