अनौठो

बडिमालिका स्वर्गको टुक्रा अदभूत दृश्य

बिज्ञापन

प्रेम राष्ट्रप्रेमी

श्रावण ११ विकटताको कठिन यात्रा पार गर्दै हजारौंको संख्यामा श्रदालु पुग्ने बडीमालिकाको पूजाआजा कहिलेबाट सुरु भयो भन्नेकुराको एथेस्ट जानकारी उपलब्ध छैन । फेरिपनि पनि पश्चिम क्षेत्रका वाईसे/चौविसे राज्यहरुमध्यका डोटी अछाम र जुम्लाका शासकहरु बडीमालिका पुग्ने गरेको बताउछन् बडिमालिकाका युवा पुजारी ज्ञान राज उपाध्यय

बडीमालिकाको दर्शन गर्न पृथ्वी नारायण शाहले पनि सेना खटाउने गरेको इतिहास पनि छ। राणा शासकहरुले पनि बडीमालिकाको दर्शन गरेको पाइन्छ । राणाहरु अछामी कुवरको वंशजका भएकाले पनि बडीमालिका दर्शन गर्न रुचि राख्ने गरेको कथन छ ।

बडीमालिका मन्दिर भित्र श्रदालु हरुले लिएका सामाग्री चढाउदै पुजारी भानुभक्त तिमिल्सिना

राणाकाल भन्दा अगाडीका सेनाका कर्नेलहरुले बडीमालिकाको दर्शन गर्दा सुनको जनै चडाउने तथा जनै प्रसादको रुपमा आफैले लैजाने गरेको पाइन्छ । बडीमालिकामा राजा वीरेन्द्रले २०३६ सालमा सबैभन्दा ठूलो घण्ट चढाएका थिए त्यो घण्ट अहिले पनि जस्ताको तस्तै हेर्ने सकिन्छ ।

बिज्ञापन
पुर्व राजा स्व:बिरेन्द्र बिरबिक्रम शाहादेवले चढाएको सबैभन्दा धेरै तौलको घण्ट

उक्त घण्टलाई एउटा हातले हल्लाउन समेत नसकिने छ । बडीमालिकामा अछाम, बाजुरा, डोटी कालिकोट र जुम्लाबाट प्रत्येक बर्ष सरकारी स्तरबाट पूजाआजा गर्ने प्रचलन छ । साथै अछामको वैजीनाथबाट पाकेको धानको बाला सबभन्दा पहिला बडीमालिकालाई चढाउने गरिन्छ ।

https://youtu.be/23hTGywQ8ac
बडीमालिकाको महिमा बर्णन गर्दै युवा पुजारी ज्ञान राज तिमिल्सिना
तिलक बनाउने हवन कुण्ड

समुद्री सतहबाट करिब ४२ सय मिटर उचाईमा रहेको बडीमालिका पुग्न बाजुरा सदरमुकाम मार्तडीबाट तीन दिन पैदलयात्रा गर्नुपर्दछ बाजुराको विभिन्न क्षेत्र बाट कोर्ध ,छ्तारा , मना , लगायतका विभिन्न ठाउँ हरुबाट फरक फरक पैदल बाटा हरु पनि छ्न भने अछाम बाट पनि अप्ठ्यारो चुनौती पार गर्दै जाने श्रदालु तिर्थ यात्री हरुका बाटा हरु छ्न । विशेषगरी जनैपूर्णिमाको श्रावण चतुर्दशीको दिन बडिमालिकामा तीर्थायात्री (पर्यटकहरु) पुग्ने गर्दछन् ।

बडीमालिका मन्दिर परिषरमा रहेको शिव मन्दिर

बडीमालिकाको दर्शन गरे मनले चिताएको पुग्छ भन्ने जनविश्वास छ र फल प्राप्ति गरेको पनि श्रदालु बताउछन । धर्तीको स्वर्ग भनेर चिनिने बडीमालिकाको सुन्दरताको वर्णन गरेरै सकिन्न ।
अग्लो पहाडमा दर्जनौं समथल फाँट, पहाडै भरी सुन्दर फूलले जडित प्राकृति बगैचाले श्रदालु तिर्थयात्री हरुको मन लोभ्याउँछन् । पहाडमाथि हरिया पाटन सेताम्मे भेडा ,घोडा भैसीका बथान, डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल समेत देख्न पाउदा श्रदालु आनंदमहसुस गर्दछन।

बडीमालिकाको यात्राका क्रममा बीच बीचमा भेटिने ससाना मन्दिर, वन्यजन्तु, खोला, झरना आदिले झनै स्वर्गको आनन्द महसुस हुन्छ । खुल्ला आकाशको छेउमा देखिने हिमाल, हिउँले ढाकेको बाटो मनोरम प्राकृतिक दृश्यहरु बडीमालिकाका गहना जस्तै लादछन।
बडीमालिका मन्दिर परिसरबाट सैपाल हिमालको मनोरम दृश्यले पर्यटकको मन झन लोभ्याउने गर्दछ ।

बडीमालिका संगै प्राकृतिक तथा धार्मिक महत्व बोकेका बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिवेणी, कालाजग्रा गुफाताल, दउने ताललगायतका ताल रहेका छन । बुढीनन्दामा चट्टानै चट्टानको बीचमा ठूलो ताल छ ।

सुदूरपश्चिमका ७ बहिनी सबै तीर्थास्थल भगवतीका मन्दिर हुन् । बडीमालिका, शैलेश्वरी, उग्रतारा, निंगलाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी र मेलौलीलाई ७ बहिनी भगवती मानिएको छ । सात बहिनी भगवती मध्यमा बडीमालिकाको मन्दिर बाजुरा जिल्लाको बडिमालिका नगरपालिकामा पर्दछ ।

बडीमालिका क्षेत्रमा हिउँदमा ५ महिना हिउँ र बर्षा ४ महिना कुहिरोले ढाक्ने गर्दछ । बडीमालिकाको परिसर अर्को अर्थमा भन्ने हो भने प्राकृति उचाईको टावरको रुपमा पनि मान्न सकिन्छ । मन्दिर परिसरबाट बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा, डोटी,कालिकोट र मुगुलगायतका जिल्लाका धेरै जसो गाउँहरु संगै प्राकृतिक सम्पदाको दृश्य देख्न सकिन्छ ।

https://youtu.be/DgbO-yPnTN0
बडीमालिकाको बिस्तृत रिपोर्ट प्रेम भट्टराई राष्ट्रप्रेमी बाट

यात्राको क्रममा त्रीविणी संगममा स्नान गरेर मात्रै मालिका जाने गरिन्छ । त्रीविणीमा केहि पितृ श्राध्य गर्ने हिसाबले गएका हरु बडिमालिका नपुगी फर्कने पनि गर्दछन तीन जलस्रोतको संगम मिलेर बनेको त्रिवेणि बाजुरा र कालिकोट जिल्लाको बिन्दुमा पर्दछ ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply