काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते तीनदिने भारत भ्रमणमा जाने भएका छन् ।
विज्ञापन

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । वाङ तीनदिने भ्रमणका लागि भोलि आउँदै छन् ।
प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा जान लागेका छन् । यसअघि, ‘गुजरात समिट’ मा जाने तयारी गरे पनि कोरोना महामारीका कारण समिट नै रद्द भएपछि देउवाको भ्रमण रोकिएको थियो ।
बालुवाटार स्रोतका अनुसार देउवाले भारत भ्रमणका लागि ‘सक्दो सानो र प्रभावकारी’ टिम बनाउने तयारी गरिरहेका छन् ।
विज्ञापन

परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ । परराष्ट्रका प्रवक्ता सेवा लम्सालले भनिन्, “भ्रमणबारे अहिलेसम्म मसँग कुनै जानकारी छैन ।”
अन्य समाचारहरु
यो सरकारले अर्थतन्त्र बिकासको नेतृत्व गर्न सक्दैन : ओली
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा