
बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाका विभिन्न वडाबाट हराएकी पाँच युवती फेला परेकी छन् । शुक्रबार दिउँसो घरबाट कोही कसैलाई जानकारी नगराई आफू खुसी घरबाट भागी फरार भएकी पाँच युवती फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
फरार हुन लागेकी युवतीहरुका घरबाट उद्धारका लागि प्रहरीलाई जानकारी पश्च्यात प्रहरी चौकी बार्जुगाड तर्फबाट अछामको साँफे बगर जादै गरेको से १ ज ६४८ नम्बरको जिपमा बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

बुढीनन्दा नगरपालिका–५ की १६ वर्षीय असिना लुहार, १२ वर्षीया रस्मी लुहार, १३ वर्षीया प्रेङ्का लुहार, २३ वर्षीया शान्ती मल्ल र सोही नगरपालिका–८ की २२ वर्षीया शान्ति शाहीलाई फेला पारी आफन्त नाता पर्ने बुढीनन्दा नगरपालिका–५ बस्ने धर्मजित लुहार र सुस्मिता मल्ललाई सकुशल जिम्मा लगाएर पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अन्य समाचारहरु
आत्मदाह अगाडि प्रेम प्रसाद आचार्य सन्तोषले फेसबुकमा लेखेको नोटिस देशको निम्ति अग्रगामी सोचाइ सहितको जस्ताको तस्तै
संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
संसद भवन नजिकै युवक द्वारा आत्मदाहको प्रयास