Local Election result

स्वतन्त्र उम्मेदवार बालेन साह १८ हजार मतले अगाडि

बिज्ञापन

काठमाडौँ, ९ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले विहान ११ बजे अघिको मत गणनाको नतिजा अनुसार, ४५ हजार ६१३ मत प्राप्त गरेका छन् । यो मतको साथै साहले अग्रस्थान कायमै राखेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २७ हजार १८३ मत प्राप्त गरेकी छिन ।
यसैगरी तेस्रो स्थानमा झरेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २६ हजार ३०९ मत ल्याएका छन भने उपप्रमुखमा सोही पार्टीकी उम्मेदवार सुनिता डङ्गालले सबैभन्दा बढी ४५ हजार ८७५ मत ल्याएर अग्रस्थानमा रहेकी छिन् ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत प्राप्त गरेका छन् । १,३२,४८२ मत गनिसकिएको खबर छ । अब ३१% अर्थात् ५८,६८९ मत मात्र मत गन्न बा‘की रहेको जानकारी हुन आएको छ ।

बिज्ञापन
बिज्ञापन