राजनीति

कहाँ हराए बामदेब गौतम ? के गर्दै छन् ?

बिज्ञापन

पछिल्लो समय गुमनाम रहेका नेता वामदेब गौतम आजभोलि के गर्दै छन् अत्तोपत्तो छैन् ।

बिज्ञापन

आजभोलि गौतमको दिनचर्या कसरी बितेको छ रु उनी किन राजनीतिबाट ओझेल परे रु राजनीतिमा चासोे राख्नेहरुका लागि जिज्ञासाको विषय बनेको छ।

नेपालको कम्युनिष्ट आन्दोलनका अगुवा गौतम तत्कालीन मालेका संस्थापक मध्येका एक हुन्। मुलुकको गृह प्रशासन पटक–पटक सम्हालेका गौतम राजनीतिक क्रियाकलापले बारम्बार विवादमा आइरहने पात्र हुन्। उनकै अस्थिर र ढुलमुले स्वभावको कारण नेकपा बिभाजन भएको आरोपसमेत कतिपय नेताहरुले लगाउने गर्दछन्।

कुनै बेलाका शक्तिशाली यी नेता आजभोलि एक्लिएका छन्। उनलाई ०५४ सालमा साथ दिएका पुर्नगठित मालेका नेताहरुसमेत उनीसँग छैनन्। राजनीतिमा एक्लो बृहस्पति जस्तै देखिएका वामदेव अरु नेतालाई चुनावको चटारो हुदाँ उनी भने गुमनाम छन्।

केही समय अगाडि उनले पार्टी खोल्न लागेको भन्ने हल्ला समेत चलेको थियो। स्थानीय तहको निर्वाचन नजिकिएसँगै वामदेवसक्रिय हुनुपर्नेमा किन फुर्सदिलो बनेका होलान्रु

नेकपा कालमा नौ सदस्यीय सचिवालय हुँदा निर्णायक रहेका गौतम नेकपा बिभाजनसँगै स्पष्ट अडान र कित्ताकाट गर्न नसक्दा ओझेलमा परेको उनका निकटस्थहरु बताउँछन्।

गौतमका समकालीन नेताहरु प्रधानमन्त्री भएसँगै उनको एकमात्र ध्येय प्रधानमन्त्री बन्ने रहेको र त्यसको लागि उनले अनेक प्रयत्न समेत गरेको राजनीतिक वृत्तमा चर्चा नभएको होइन।

नेकपा एकता अभियान सुरु गरेका गौतमको अभियानले अपेक्षाकृत गती लिन समेत सकेन। सर्वोच्चको माओवादी र एमाले पुर्ववत अबस्थामा फर्काउने फैसलाले उनको नेकपा एकता अभियानको उपादेयता नै समाप्त भयो।

उनको आफ्नै पार्टी समेत बिभाजित भएसँगै पुनः एमाले एकता अभियान गठन गरी केही समय राजनीतिक गतिबिधि गरेका वामदेव पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारमा पुगेसँगै सक्रिय राजनीतिक पुनरावगमनको अड्कलबाजी समेत भएको थियो। तर लामो समयसम्म उनको सक्रियता देखिएन।

अवको राजनीतिक पुनरागमन गौतमको लागि त्यति सहज भने देखिँदैन। उनले एमाले अध्यक्ष केपी शर्मा ओली रहोउञ्जेल एमालेमा नआउने सार्वजनिक घोषणा गरिसकेका छन्।

माधव नेपालको पार्टीमा उनको बैचारिक असहमति छ । अन्य पार्टीमा प्रवेश गरेर उनको राजनीति मजबुद हुने अबस्था रहदैन। नयाँ पार्टी खोलेमा जनताले पत्याइहाल्ने अबस्था छैन।

उनको आगामी राजनीति र राजनीतिक सक्रियताको बिषयमा जानकारी लिन उनको सचिवालयका प्रमुख स्वकीय सचिव दिपक टमटालाई सम्पर्क गर्दा उनले राजनैतिक सक्रियताको तयारीमा रहेको जानकारी डिसी नेपाललाई दिएका छन्।

गौतम आफ्ना निकटस्थहरुसँग केही समसामयिक बिषय र नयाँ राजनीतिक परिदृश्यको बिषयमा जानकारी लिइरहेको उनले बताए। निकट समयमै सकृय राजनीतिमा पर्दापण हुने टमटा ठोकुवा गर्छन्।

उनका अनुसार गौतमले नयाँ पार्टी खोल्नेसम्मको तयारीमा रहेका थिए, तर नजिकिएको स्थानीय तहको निर्वाचनले रोकिएको उनी बताउँछन्।

उनले भने, ‘नयाँ ढंगले जानुपर्छ भन्नेमा उहाँ प्रष्ट हुनुहुन्छ। अध्ययन र तयारीको काम चलिरहेको छ। अहिले नै ठोस परिणाम आइसकेको छैन। तसर्थ अहिले नै यसै भन्न सकिने अबस्था छैन।’

बिज्ञापन